२०८१ बैशाख १५ , शनिवार

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

सुनाखरी न्युज/ काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभ्न/गाभिने तथा मर्जरमा जाने सम्झौता भएको छ । शुक्रबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा यी दुई कम्पनीबीच मर्जर सम्झौता भएको हो ।

 

१ः१ स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ । उक्त सम्झौतामा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।

 

मर्जरपछि यी दुई कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने समेत सम्झौतामा उल्लेख गरिएको छ । मर्जर सम्झौतामा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, दुई कम्पनीका संचालक समितिका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।