२०८१ बैशाख १३ , बिहिवार

प्रगति सेकेण्डरी स्कुलको वार्षिकोत्सव सम्पन्न

शिशिर पौडेल / पोखरा । पोखराको बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी बोर्डिङ्ग स्कूलले विविध कार्यक्रम गरी ३२ औं वार्षिकोत्सब मनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका प्रसाद आचार्यले शैक्षिक विकासका लागि सबै पक्षले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले गुणस्तरीय शिक्षामा प्रगति स्कुलले खेलेको भुमिका प्रशंसनिय रहेको बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष विर बहादुर कार्की, प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, विद्यार्थी पुर्णिमा अर्याल लगायतले बोलेका थिए। कार्यक्रममा विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीले सांगितिक प्रस्तुति सहित नृत्य प्रस्तुत गरेका थिए। नेपाल हाम्रो देश नामक नृत्य प्रस्तुत गरिएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक कमल नेपालीले गर्नुभएको थियो।