२०८० चैत्र १६ , शुक्रवार

नेलम्बो नेपालको आर्थिक सहयोगमा दृष्टिविहीन शिक्षकका लागि एडभान्स् आइसिटी तालिम

सुनाखरी न्युज/ काठमाडौं । कास्की नेत्रहिन संघको आयोजना र नेलम्बो नेपालको आर्थिक सहयोगमा दृष्टिविहीन शिक्षकका लागि आयोजित एडभान्स् आइसिटी तालिम सम्पन्न भयो ।

 

माघ २१ देखि २४ गतेसम्म चलेको तालिममा पोखराका विभिन्न विद्यालयमा कार्यरत ९ दृष्टिविहीन शिक्षकहरु र ३ उच्च शिक्षाका विद्यार्थीको सहभागिता थियो । तालिमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले गरेका थिए ।

सूचना प्रविधिको क्षेत्रमा विकास भएका पहुँचयुक्त एप्लिकेसन, एसिस्टिभ डिभाइस लगायत विषयमा अभिमुखिकरण गराइ कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको थियो ।