२०७९ चैत्र १९ , आइतवार

पोखराको पृथ्वीचोकमा स्कुटर दुर्घटना, २७ वर्षीय रेजिनाको गयो ज्यान

Capture

सुनाखरी न्युज/ पोखरा । पोखराकाे पृथ्वीचोकमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

 

आज (बिहीबार) बिहान पोखराको पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेकाे ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट गएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक पाेखरा २६ बुढीबजार निवासी २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो । बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा घाइते आचार्यलाई उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनेबित्तिकै बस चालक फरार भएका थिए ।

 

सडकमा खाल्डाखुल्डीकाे कारण स्कुटर अनियन्त्रित हुन पुगेकाे स्थानियले जनाएका छन् । रेजिनाको आज गाडीकाे ट्रायल रहेको बुझिएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।