२०८० चैत्र १६ , शुक्रवार

‘ओभरनाइट’ तरलता सुविधाको ब्याजदर घट्यो

सुनाखरी न्युज/ काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अति छोटो अवधिका लागि राष्ट्र बैंकबाट लिने सापटीको सुविधा (ओभरनाइट रिपो) को ब्याजदर घटेको छ ।

 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो ब्याजदर १.५ प्रतिशत विन्दुले घटाएको हो । यसअघि बैंकहरूले ८.५ प्रतिशतको ब्याजदरमा पाउँदै आएको ओभरनाइट तरलता सुविधाको ब्याजदर ७ प्रतिशत कायम गरिएको छ ।‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधाअन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ समीक्षामा भनिएको छ ।

 

यसअघि केही वस्तुको आयातमा लगाइएको प्रतिबन्ध र प्रतितपत्र खोल्दा राख्नुपर्ने नगद मार्जिनसम्बन्धी व्यवस्था पूर्ण रुपले हटाइएको सन्दर्भमा आयात पुनः बढ्न गई बाहृय क्षेत्रमा दबाबमा पर्न सक्ने सम्भावना रहनुका साथै औसत मुद्रास्फीति अझै पनि लक्ष्यभन्दा माथि रहेकाले चालु वर्षको मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ ।