२०८१ बैशाख १३ , बिहिवार

तोलामा १३०० सयले सस्तियो सुन

सुनाखरी न्युज/ काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।