२०८१ बैशाख १३ , बिहिवार

शुभम पावरको आईपीओ बाँडफाँड

सुनाखरी न्युज/ काठमाडौं । शुभम पावर लिमिटेडको आईपीओ आज माघ २७ गते बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम ९:३० बजे राखिएको थियो।

 

कम्पनीले गत माघ १८ गतेदेखि माघ २२ गते आईपीओ बिक्री खुला गरिएको थियो। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिएको थियो। त्यस्तै ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हाजर ६१० कित्ता कर्मचारीलाई छुट्याएको थियो । बाँकी ४ लाख ८१ हजार ८८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्।

 

यो आईपीओमा १२ लाख ७५ हजार ४२१ आवेदकबाट कुल १ करोड ३८ लाख ४७ हजार ५७० कित्ता सेयर माग भएको थियो। जसमध्ये १२ लाख ७१ हजार ८३४ आवेदकबाट परेको १ करोड ३८ लाख ३७० कित्ता सदर भएको छ भने ३ हजार ५८७ आवेदकबाट परेको ४७ हजार २०० कित्ता बदर भएको छ। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी ४८ हजार १८८ आवेदकले १० कित्ता सेयर पाएका छन् भने तिनै आवेदनमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। सदर आवेदकमध्ये १२ लाख २३ हजार ६४६ जनाको हात खाली भएको छ।

 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्ध र धितोपत्र निष्कासनकर्ताको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।