२०८१ बैशाख १३ , बिहिवार

त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागमा तोडफोड

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवनविश्वविद्यालय, राजनीतिशास्त्र केन्द्रीय विभाग प्रमुखको कार्यकक्षमा तोडफोड भएको छ ।

विभागीयप्रमुख डा.ईश्वरीप्रसाद कँडेल कार्यालय हाताभित्रै रहेको बेला नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष बताउने शम्भुप्रसाद भट्टले छापामार शैलीमा आक्रमण गरी फर्निचरहरुमा क्षति पु¥याएका छन् । डा.कँडेल माथि भौतिक रुपमा आक्रमणको प्रयास समेत भएकोले ज्यान मार्ने उद्योगमा भट्ट विरुद्ध प्रहरी वृत्त कीर्तिपुरमाजाहेरी समेत दर्ता भएको छ ।

अनेरास्ववियुको नाममा सुनिता बरालद्वारा हस्ताक्षरित पत्रमार्फत आर्थिक सहयोग गर्ने बारेमा विभागमापत्र पठाएको र विभागीयप्रमुखले सार्वजनिक संस्थामा चन्दा दिन नमिल्ने बताउनु भएको थियो । सोही विषयलाई लिएर ज्यानमार्नका लागि तोडफोड गरिएको प्रहरी वृत्तमा डा.कँडेलले दिनुभएको जाहेरीमा उल्लेख छ ।