२०८० चैत्र १५ , बिहिवार

सन्दीप लामिछानेको राहदानी रोक्का, विदेश जान नपाउने

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेको पार्सपोर्ट रोक्का राख्न गृह मन्त्रालयलाईं निर्देशन दिएको छ ।

 

जिल्ला अदालत, काठमाडौंले उच्च अदालत पाटनको पुस २९ गतेको आदेशअनुसार उनको राहदानी रोक्न निर्देशन दिएको हो । गृह मन्त्रालयलाई पत्र लेख्दै काठमाडौं जिल्ला अदालतले भनेको छ, ‘ प्रस्तुत मुद्धाका प्रतिवादी सन्दिप लामिछाने (राहदानी नं बिए ०००७०४२) को राहदानी रोक्का राखि निज प्रतिवादी लामिछानेलाई नेपाल बाहिर जानबाट रोक्न लगाउनु हुन आदेशअनुसार अनुरोध छ ।’

 

जिल्ला अदालतले पुस २९ गते लेखेको पत्र गृह मन्त्रालयमा माघ २५ गते दर्ता भएको हो । अदालतको पत्रमा पत्र प्राप्त भएपछि भन्ने उल्लेख छ । यो पत्रसँग अब सन्दिप लामिछाने देश बाहिर जानबाट बञ्चित भएका छन् ।