२०८१ बैशाख १४ , शुक्रवार

शुभम पावरको आईपीओ भोलि बाँडफाँट हुने

सुनाखरी न्युज/ काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ देखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भोली शुक्रबार बाँडफाँट हुने भएको छ ।

 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा भोलि शुक्रबार बिहान ९ बजे बाँडफाँट हुने भएको हो । कम्पनीले जारी पूँजीको २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बरारबको ४ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता शेयर सहित ५ लाख ८० हजार ५८ कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

 

त्यसमध्ये १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २ प्रतिशत अर्थात ११ हजार ६१० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ४ लाख ८१ हजार ८८२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो । कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार गोग्य आवेदक मध्ये ४८ हजार १८८ जनाले मात्रै शेयर पाउनेछन् ।