२०८० चैत्र १५ , बिहिवार

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले दिए राजीनामा

सुनाखरी न्युज/ काठमाडौं । विश्वासको मत गुमेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदबाट राजीनामा दिएका छन् ।

 

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ७ सांसदले साथ नदिँदा विश्वासको मत नपाएर पदमुक्त भएका मुख्यमन्त्री रावलले बिहीबार प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् । २७ पुसमा सत्ता गठबन्धन दलसँगै नाउपाको समेत समर्थनमा रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर, संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

 

तर, रावलले विश्वासको मत पाउन असमर्थ रहे । रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ ।