२०८१ बैशाख ७ , शुक्रवार

दोहोरो अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १२.४३ अंकले बढेर दुई हजार एक सय ८२ दशमलव ६१ विन्दुमा बन्द भएको हो ।

 

बुधबार नेप्से ७.१३ अंकले घटेर दुई हजार एक सय ७० दशमलब २१ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा दुई अर्ब ६ करोड २० लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ६९ करोड ११ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५८ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

 

बलेफी हाइड्रोपावर कम्पनीको शेयुमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२७ रुपैयाँ पुगेको हो । आज नबिल ब्यालेन्स फण्ड–३ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यसको आज ५ करोड ८६ लाखभन्दा बढीको कारोबार भएको छ ।