२०८१ बैशाख १४ , शुक्रवार

सुनचाँदीको भाउमा सामान्य वृद्धि

Gold

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो।