सुनाखरी न्युज/ काठमाडौं । सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकारको पूर्णता, राष्ट्रपति निर्वाचनलगायतको विषयमा छलफल हुने बताइएको छ । एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरूको उपस्थिति रहनेछ ।
बुधवार अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बसाउन सहमत भएको थियो ।