२०८१ बैशाख ७ , शुक्रवार

कतै खसी करायो कि आफैँलाई जिस्क्याएझै लाग्छ  गगन थापा

सुनाखरी न्युज /  काठमाडौं –  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको राष्ट्रपति भए सम्माननीय कठपुतली राष्ट्रपति हुने भन्दै व्याङ्ग्य गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेको विगतको राष्ट्रपतिको व्यवहारबाट पाठ सिक्नुपर्ने बताउँदै एमालेबाट राष्ट्रपति चुनिए देश अप्ठ्यारोमा फस्ने दावी गरे ।

 

महामन्त्री थापाले विगतमा एमाले नेतृत्वको कार्यकर्तालाई राष्ट्रपति बनाइएको पनि टिप्पणी गरे । जसका कारण वालुवाटार र शीतल निवास केन्द्र बनेको र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्न खोजिएको पनि उनको भनाइ थियो । सोही कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नपाइने हो भन्दै प्रश्नसमेत गरेका छन् । महामन्त्री थापलाले रास्वपा एमालेको साइबर सेनाभन्दा बढि आक्रमण भएको जिकिर गरे ।

 

उनले कतै खसी करायो कि आफैँलाई जिस्क्याएको जस्तै लाग्ने गरेको पनि सुनाए । यसअघि रास्वपाले सरकार छोडेको घोषणा गर्दै गर्दा सभापति रवि लामिछानेले महामन्त्री थापालाई बाख्रा प्रकरणले जीवनभर नछाड्ने र आफूलाई ४ श्रीमतीको काण्ड जहिले पनि जोडिने उल्लेख गरेका थिए ।