२०८० चैत्र १५ , बिहिवार

पठानले तोड्यो सुल्तान र बाहुबली २ को रेकर्ड, दुई सातामा विश्वभर कति कमायो?

सुनाखरी न्युज /  शाहरुख खानको ‘पठान’ ले बक्सअफिसमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । शाहरुखका साथै दीपिका पादुकोण र जोन अब्राहमका लागि पनि ‘पठान’ करियरकै सबैभन्दा धेरै कमाउने फिल्म हो । प्रदर्शनको पहिलो दिन देखिनै तीव्र व्यापार गरिरहेको ‘पठान’ले भारतीय बक्सअफिसमा हालसम्म ४४६ करोड भारु कलेक्सन गरेको छ। कलाकारहरुका लागि मात्रै नभएरर ‘पठान’ यशराज फिल्म्सको सबैभन्दा धेरै कमाउने फिल्म हो। योसँगै ‘पठान’ सबैभन्दा छिटो ३०० करोड कमाउने बलिउड फिल्म बनेको छ। पठानले ‘बाहुबली २ स् द कन्क्लुजन’ को हिन्दी संस्करणको रेकर्ड तोडेको छ ।

 

बाहुबली(२ लाई ३०० करोड भारतीय रुपैयाँ कमाउन १० दिन लागेको भारतीय समीक्षक तरण आदर्शले उल्लेख गरेका छन्। त्यसैगरि, सन् २०२२ मा रिलिज भएको ‘केजीएफस् च्याप्टर २’ को हिन्दी संस्करणले ११ दिनमा ३०० करोडको आकंडा पार गरेको थियो। त्यस्तै, २०१६ मा आएको आमिर खानको ‘दंगल’ ले ३०० क्लबमा पुग्न १३ दिन लगाएको थियो।‘पठान’ ले एक हप्तामा रणवीर कपुर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ को रेकर्ड तोडेको छ। ४०० करोडमा बनेको फिल्म ‘ब्रह्मास्त्र’ विश्वभरबाट बक्सअफिसमा ४१८ करोड भारु कमाएको थियो। जुन सन २०२२ कै सबैभन्दा बढि कलेक्सन गर्ने बलिउड फिल्म हो। तर, पठानले भने एक सातामै ६४० करोड कमाएर रेकर्ड कायम गरेको छ ।

 

सिद्धार्थ अन्नद निर्देशित फिल्ममा शाहरूख, दीपिका र जोनका साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ ।