२०८१ बैशाख ६ , बिहिवार

यी हुन् खाली पेटमा लसुन खानुको फाइदाहरु

सुनाखरी न्युज / गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ । लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।

 

1 ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।

2 लसुनका अन्य पनि धेरै फाइदा छन । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै     रोगबाट लसुनले बचाउँछ ।

3 लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।

 

4  लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।

5 लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।

6 लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।

7 स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ । एजेन्सी