२०८१ बैशाख ७ , शुक्रवार

पानी पिउँदा यी १० कुरालाई ख्याल राख्नुस्

सुनाखरी न्युज/ शरीरमा हरेक दिन ६ देखि १० गिलाससम्म शरीरको लागि पानीको आवश्यकता पर्छ । पानीलाई औषधीका रुपमा पनि प्रयोग गरिन्छ । पानी पिउने सही तरिका थाहा नपाउँदा यसले शरीरमा हानी पनि पु–याउनसक्छ । थाहा पाउनुस पानी पिउने सही समय र तरिका यस्ता छन ।

 

१‍। बिहान शौचालय जानुअघि पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । धेरै चिसो पानी शरीरमा पचाउन गाह्रो हुने र तातो पानी चाँडै पच्ने गर्छ । त्यसैले विरामीलाई तातो पानी खुवाउनु पर्छ ।

२। खाना खाएलगतै वा खाना खानु केही समयअघि पानी पिउनुहुँदैन । यसले शरीरको पाचनरसलाई असर गर्छ र कब्जियत ,अपच जस्ता समस्याहरू देखापर्नसक्छ । खाना खाएको दुई घण्टापछि पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ ।

३। घामबाट र शौचालयबाट फर्केलगतै पानी पिउनु पनि स्वास्थ्यको लागि खराब मानिन्छ ।

 

४। एकैचोटि धेरै पानी पिउने गर्नुहुँदैन यसो गर्दा शरीरमा पाचन प्रक्रियामा खराबी आउनसक्छ ।

५। पानी प्यास लाग्यो भनेर हतारिँदै पानी पिउनु हुँदैन । पानी पिउँदा उभिएर पानी पिउनुहुँदैन यसले घुँडामा समस्या हुनसक्छ । त्यसैले पानी पिउँदाखेरि जहिले पनि बसेर मात्रै पानी पिउनुपर्छ ।

६। खाली पेटमा प्यास लागेमा केही चीज खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ ।

 

७। राति निन्द्राबाट उठेर एक्कासि पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ ।

८। पानी पिएलगतै दौडिने वा खेल्ने गर्नुहुँदैन ।

९। पानी पिउँदा निकै तनावमा पिउनु राम्रो मानिँदैन,शान्त भएर पानी पिउनु नै राम्रो हुन्छ ।

१०। पानी पिउँदा कहिले पनि सुतेर पिउनु हुँदैन । र, अँध्यारो समयमा पनि पानी पिउनुहुँदैन । पानी पिएपछि पहिलो सास नाकबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ । एजेन्सी