२०८१ बैशाख ८ , शनिवार

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले गरे बिहे

 

सुनाखरी न्युज / काठमाडौं -भारतीय अभिनेताद्धय सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले बिहे गरेका छन । मंगलबार उनीहरु वैवाहिक बन्धनमा बाँधिएका हुन् । स्थानीय समयअनुसार सााझ साढे ६ बजे जैसलमेरको होट सूर्यगढमा उनीहरुले सात फेरा लिएका हुन ।

 

उनीहरुको बिहेमा बलिउडबाट फेसन डिजाइनर मनिष मल्होत्रा, निर्माता करण जौहर, अभिनेता मनिष मल्होत्रा, अरमान जैन, शाहिद कपूर र उनकी पत्नी मीरा, जूही चावला र उनका पति जय मेहता, मेकअप आर्टिस्ट स्वर्णलेखा गुप्ता, हेयर ड्रेसर अमित ठाकुर लगायत रहेका थिए । त्यस्तै रिसेप्सनमा सहभागी हुन मलाइका अरोरा पुगेकी थिइन । १८ फिल्म खेलेकी कियाराले सात वटा अवार्ड पाइसकेकी छिन । उनले कविर सिंह, गुड न्यूज, गिल्टी, लक्ष्मी, भुलभुलैया २, जुगजुग जिओ लगायतका चलचित्र खेलेकी छिन ।

त्यस्तै सन् २०१२ देखि चलचत्रि खेल्न थालेका सिद्धार्थको पहिलो चलचित्र स्टुडेन्ट अफ द इयर थियो । उनले हसि तो फसी, एक भिलेन, ब्रदर्श, कपूर एन्ड सन्स, बार बार देखो, जब्बरियाँ जोडी, शेरशाहा लगायण्तका फिल्म खेलेका छन् ।