२०८१ बैशाख १३ , बिहिवार

नियम विपरित काम गर्ने ९ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकको नियम नमान्ने ९ वाणिज्य बैंक राष्ट्र बैंकका कारवाहीमा परेका छन्। नियम विपरित काम गरेको भन्दै ९ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो।

 

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन नमानेको, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियम विपरित सेवा सुविधा दिएको, नियम विपरित प्रिमियम बढाएको, पुँजी पर्याप्तता ढाँचा अनुसारको विवरण नबुझाएकोलगायतका कसुरमा कारवाही गरेको हो। प्रभु बैंक,  साविकको बैंक अफ काठमाण्डू र प्राइम कमर्सियल बैंकलाई सम्पति सुद्धिकरण सम्बन्धी नियम नमानेको भन्दै राष्ट्र बैंकले ५०-५० लाख रुपैयाँका दरले जरिवाना लगाएको छ।

 

राष्ट्र बैंकले राष्ट्र बैंकको नियम विपरित प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा दिएको भन्दै सानिमा बैंकलाई पनि सचेत गराएको छ ।

 

यस्तै, नियम बिपरित बढी प्रिमियम लिएकोले नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । प्रभु बैंकलाई भने कर्जा सूचना तथा कालोसूची सम्बन्धी नीतिमा भएको व्यवस्था पालना नगरेको भन्दै सचेत गराएको छ।