२०८१ बैशाख १५ , शनिवार

‘छक्का पञ्जा ४’, विदेशमा पनि प्रदर्शन हुँदै

सुनाखरी न्युज / काठमाडौं– फागु पूर्णिमाको पूर्व सन्ध्या पारेर यही फागुन १९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘छक्का पञ्जा(४’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ‘छक्कापञ्जा ४’फिल्म नेपालसहित अमेरिका, जापान, बेलायत, युरोप र मध्यपूर्वका देशमा रिलिज हुने निर्माता दीपकराज गिरीले जानकारी दिए ।

 

विश्वभर एकैदिन रिलिजको लागि प्रयत्न हुने बताए । यसअघि सार्वजनिक भएको फिल्मको पहिलो गीत ‘दर्शन सलाम’ ले यूट्यबमा झण्डै साढे २३ लाख भ्यूज पाइसकेको छ । भिडियो यतिबेला ट्रेन्डिङको तेस्रो स्थानमा छ । उक्त गीतमा डेविड शंकर तथा सहिमा श्रेष्ठको स्वर, दीपक शर्माको संगीत तथा राजेन्द्र थापाका शब्दहरु छन् ।

 

आमा सरस्वती मुभिज तथा आईएमइद्वारा प्रस्तुत यो फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । छक्कापञ्जाको चौथो श्रृंखलालाई हेमराज बीसीले निर्देशन गरेका हुन् भने प्रमुख कलाकारमा दीपकसहित दीपाश्री निरौला, केदार घिमिरे, मलिना जोशी, बेनिशा हमाललगायत छन् । सामाजिक र राजनीतिक कथावस्तुमा बनेको यो फिल्मको टिजरले वर्तमान नेपाली राजनीति र चुनावको प्रवृत्तिलाई व्यंग्य गरेको छ ।विश्वको ठूलो फिल्म बजारसमेत रहेको उत्तरी छिमेकी चीनमा भने ‘छक्कापञ्जा’को पहिलो श्रृंखलालाई रिलिज गर्ने तयारीमा निर्माता जुटेका छन् ।