२०८० चैत्र १५ , बिहिवार

माछापुच्छ्रे बैंकका ग्राहकलाई यी दुई स्वास्थ्य संस्थामा विशेष छुट

सुनाखरी न्युज/ काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरसँग बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

 

सम्झौतापश्चात बैंकका ग्राहकले भक्तपुरस्थित भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायबेटिक तथा अन्य रोगसम्बन्धी सुविधा लिँदा १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् भने काठमाण्डौको बसुन्धारास्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

 

सम्झौताअन्तर्गत भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरले डाक्टर परामर्श, फार्मेसी, प्याथोलोजी ल्याब, ईसीजी, इको, यूएसजी, टीएमटी, डिजिटल एक्स–रे, डेन्टल सर्भिजलगायतका अन्य सेवाहरुको शुल्कमा उक्त छुट प्रदान गर्नेछ भने चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु बेड, एम्बुलेन्स, औषधि तथा डाइगोनिस्टिक सेवाहरुको शुल्कमा न्यूनतम ५ प्रतिशतदेखि बढीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

 

बैंकका ग्राहकले छुट सुविधा लिन बैंकको डेबिट वा क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ। माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ। यस प्रकारको सम्झौताले गर्दा ग्राहकलाई सुविधालगायत व्यापार–व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ।