२०८१ बैशाख ८ , शनिवार

काँग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिने वा नदिने विषयको सुनुवाई आज

सुनाखरी न्युज/ काठमाडौं । सर्वोच्च अदालतले नेपाली काँग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिने वा नदिने विषयमा सुनुवाई गर्ने भएको छ । काँग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन मागगर्दै परेको रिटको सुनुवाई सर्वोच्चले आज गर्ने भएको हो ।

 

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि नेपाली काँग्रेस सत्ता पक्षको कि प्रतिपक्षको दल हो भन्ने विषयमा विभिन्न तर्कहरु आइरहेका छन् । प्रतिपक्षी दलको दावी गरेपछि काँग्रेसलाई उक्त सुविधा नदिन भन्दै सर्वोच्चमा अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध रिट हालेका थिए ।

 

उक्त रिट निवेदन दर्ता गर्न सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानले आदेश दिएकी छन् । रिटलाई आजको मितिमा पहिलो पेशी तोकिएको थियो ।