२०८१ बैशाख १५ , शनिवार

ट्यांकरको ठक्करले काठमाडौंमा ५ वर्षकी बालिकाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको मृत्यु भएको छ । डल्लुको चामुण्डा स्कुल नजिकै सोमबार विहान साढे १० बजे  बा ३ ख ५३६१ नम्बरको ट्यांकरले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ वर्षकी बालिका रियानी देउलाको मृत्यु भएका प्रहरी वृत्त स्वयम्भूका डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

 

भक्तपुर घर भएका बालिकाको परिवार डल्लुमा भाडामा बस्दै आएका थिए । उनीहरु बस्ने भन्दा पल्लो घरमा पानी खन्याएर फर्किँदै गरेको ट्यांकरले सडकमा साइकल चलाइरहेकी बालिकालाइृ ठक्कर दिएको प्रहरीले जनाएको छ ।