२०८० चैत्र १६ , शुक्रवार

सेयर बजारमा उछाल

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ७६.६४ अंकले बढेर दुई हजार एक सय ७७ दशमलव ३४ विन्दुमा बन्द भएको हो ।

आइतबार नेप्से ४.५७ अंकले बढेर दुई हजार एक सय ९६ दशमलब ८ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज नेप्सेमा तीन अर्ब ३६ करोड २२ लाख बराबरको कारोबार भएको छ । यसअघिको कारोबारमा दुई अर्बपनि भएको थिएन । आज कारोबार भएका कम्पनीमध्ये २१५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

नेप्सेका अनुसार ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज चार कम्पनीको शेयुमूल्य १० प्रतिशतले बढेको छ भने पाँच वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढिले बढेको छ । आज आएसीएफसी फाइनान्स डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यसको आज १२ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको छ ।