२०८१ बैशाख १५ , शनिवार

अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो र यारी”मा नगद छुट मेला

सुनाखरी न्युज/ काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो र यारी यही माघ २२, २०७९ आइतबारका दिन ३ नयाँ बिक्री केन्द्र बाट एक भव्य समारोहका साथ दमक, भैरहवा र नेपालगंजमा पनि सार्वजनिक गरेको छ ।

 

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा ३ नयाँ बिक्री केन्द्र सहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्र जस्तै बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका महिन्द्रा शोरुमहरुमा “नगद छुट र एक्सचेन्ज” मेलाको घोषणा समेत गरेको छ ।

 

देशका विभिन्न क्षेत्रका १२ वटा महिन्द्रा विक्रीकेन्द्रमा एकै साथ एक कार्यव्रmम आयोजना गरी यस “नगद छुट मेला र अटो सटही योजना” ल्याएको हो जसमा नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रिया र यारी” खरिद गरे वापद ४० हजार सम्मको नगद छुट दिने योजना ल्याएको छ । यो योजना २०२३को पूरै फेब्रुअरी महिना भरकाका लागि लागु हुनेछ।

 

यो योजनाले ग्राहकहरूलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो” र “यारी” को प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने प्रयास हो। यस मेलाबाट पुराना तथा नयाँ ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने अपेक्षा कम्पनीले राखेको छ । र महिन्द्रा ट्रियो अटो र यारीले परम्परागत पेट्रोल सवारी साधनको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ भन्ने कुरामा कम्पिनी विश्वस्त छ ।

 

महिन्द्रा ट्रियो अटो र यारीका उत्कृष्ट विशेषताहरु

एडभान्स लिथियम आयन टेक्नोलोजीबाट निर्मित
उत्कृष्ट पर्फमेन्स् क्षमता भएको
वर्ग वारेन्टीमा सबैभन्दा राम्रो.
ट्रियो अटोमा तीन वर्ष वा ८०,००० किमी वारेन्टी
ट्रियो यारीमा तीन वर्ष वा ४०,००० किमी वारेन्टी
छिट्टै चार्ज हुने र धेरै समय टिक्ने
– ट्रियो अटो ३ घण्टा ५० मिनेट चार्जिङ समय, १३० कि.मि गुड्ने

– ट्रियो यारीमा २ घण्टा ३० मिनेट चार्जिङ समय, ८५ कि.मि गुड्ने