२०८० चैत्र १६ , शुक्रवार

बीमा अभिकर्तालाई आवश्यक डकुमेन्ट बुझाउन प्राधिकरणको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं ।नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई आवश्यक डकुमेन्ट बुझाउन निर्देशन दिएको छ । प्राधिकरणले बीमा अभिकर्ताहरुलाई आफु कार्यरत बीमा कम्पनीहरुसँग सम्पर्क गरी आवश्यक डकुमेन्ट बुझाउन निर्देशन दिएको हो ।

 

प्राधिकरणले बीमा अभिकर्ताको एसएससी वा सो भन्दा माथिको लब्धांक पत्र र चारित्रिक प्रमाण पत्र, नेपाली नागरिताको प्रतिलिपि, पासपार्ट साइजको फोटो र स्थायी लेखा नम्बर (प्यान) कार्ड बुझाउन निर्देशन दिएको हो । उक्त कागजपत्रहरु तत्काल बीमकको कार्यालयमा नबुझाए बीमा अभिकताको इजाजतपत्र नविकरण नहुने प्राधिकरणले जनाएको छ ।

 

बीमा ऐन २०७९ को दफा ११(७) बमोजिम बीमा अभिकर्ताहरुको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ भने व्यवस्था रहेको छ । उक्त व्यवस्था कार्यान्वयन गर्न प्राधिकरण यस्तो निर्देशन दिइएको जनाएको छ ।