२०८० चैत्र १५ , बिहिवार

सुनचाँदीको भाउ स्थिर

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार पनि सुनको भाउ प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो।

 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३२० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ हिजो पनि स्थिर रहँदै तोलाको १ हजार ३२० रुपैयाँमै कारोबार भएको थियो।