२०८० चैत्र १५ , बिहिवार

एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाई’ सेवा

सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाई’ लन्च गरेको छ।

 

यो नयाँ सुविधाले ग्राहकलाई आफ्नो क्रेडिट कार्ड खरिदहरुलाई व्यवस्थित मासिक भुक्तानीहरुमा विभाजन गर्ने सुविधा प्रदान गर्नेछ। यस सुविधाका साथ ग्राहकले आफ्नो खरिदहरु बराबर मासिक किस्ताहरुमा भुक्तान गर्न छनौट गर्न सक्नेछन त्यो पनि न्यूनतम ब्याजदरमा। इन्स्टा बाईमार्फत अस्पतालको बिल, होटेलको बिल, रेस्टुरेन्टको बिल र यस्तै अन्य सेवाहरुको भुक्तानी पनि ईएमआईमा रुपान्तरण गर्न सकिन्छ। यो सुविधा ठूला खरिदहरुका लागि वा लामो अवधिमा आफ्नो खरिदहरुको लागत फैलाउन चाहने ग्राहकका लागि उत्कृष्ट विकल्प हो।

 

यो सुविधा प्रयोग गर्न ग्राहकले केवल बैंकको वेबसाइटमा लगइन गरी प्रडक्ट एन्ड सर्भसिेसमा क्लिक गरी वैकल्पिक डेलभिरी च्यानलअन्तर्गत इन्स्टा बाई चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्यासहित विवरणहरु भर्नुपर्ने हुन्छ। यो नयाँ फिचरले ग्राहकलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थप्पिने विश्वास बैंकले लिएको छ।एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो।

 

बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ। एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।