२०८० चैत्र १५ , बिहिवार

प्रभु बैंक र हिमालय दृश्य रिसोर्ट बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेड र धुलिखेल स्थित हिमालय दृश्य रिसोर्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 

बैंकका तर्फ बाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल रहिमालय दृश्य रिसोर्टका तर्फबाटसहयोगी निर्देशक बबिता पाण्डेद्धारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त रिसोर्टबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले हिमालय दृश्य रिसोर्टद्धारा सञ्चालित“फुड”र “वेभरेज”(ए’ला कार्ट मेनु)सेवामा १० प्रतिशतका छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गतहिमालय दृश्य रिसोर्टमा सुविधा लिन चाहनुहुने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हिमालय दृश्य रिसोर्टका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछभन्ने बैंकले विश्वास लिएको छ।