२०८० चैत्र १६ , शुक्रवार

मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बस्ने

सुनाखरी न्युज/ काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने भएको हो ।

 

बैठकमा सुरक्षा अधिकारीहरुको बढुवाका विषयमा छलफल हुनेछ । त्यसका अलावा मन्त्रिपरिषदको नियमित एजेण्डाका विषयमा छलफल हुने जनाइएको छ । सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार मात्रै सरकार छाडेको छ ।

 

रास्वपाले स्वास्थ्य राज्यमन्त्रीसहित ३ मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । उक्त रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने निर्णयमा प्रधानमन्त्री छन् ।