२०८० चैत्र १५ , बिहिवार

बढ्यो सुनको भाउ 

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ। यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाका १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले घटेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।