२०८१ बैशाख १२ , बुधवार

हिसानले गर्‍यो २१ सदस्यीय बागमती प्रदेश कमिटि गठन

सुनाखरी न्युज/ काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले बागमती प्रदेश स्तरीय कमिटि निर्माण गरेको छ । २ वर्षे कार्यकालका लागि भवानी पौडेलको अध्यक्षतामा २१ सदस्यीय बागमती प्रदेश हिसान चयन भएको छ ।

 

हिसानको सचिवमा आनन्द कुमार यादव र सदस्यहरुमा जिवी अधिकारी, वरुण पन्थी, सुदर्शन जमकट्टेल, सरोज मानन्धर, बुद्धिराम बन्जाडे, जयराम वाग्ले लगायत बागमती प्रदेशभित्रका सबैजसो जिल्लाहरुबाट कार्यसमितिमा रहेका छन् ।

No description available.