२०८० चैत्र १६ , शुक्रवार

रास्वपाका निवर्तमान मन्त्रीहरुले पत्रकार सम्मेलने गर्दै

सुनाखरी न्युज/ काठमाडौं । आईतबार राजीनामा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

 

पार्टीले सरकारबाट निस्किने निर्णय गरेसँगै प्रधानमन्त्रीलाई राजीनामा दिएका रास्वपाका ३ जनाले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।राजीनामा बुझाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । स्रोतका अनुसार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ । शनिबार रास्वपाले पूर्वसहमति अनुसार सभापति रवि लामिछानेलाई गृहमन्त्री नदिएको भन्दै सरकारबाट छाडेको हो ।

 

उसले सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लगेको छैन । नागरिकता विवादमा दोषी ठहरिएका रवि लामिछानेले पार्टीको सभापति, सांसद र उप्रधान तथा गृहमन्त्री पदबाट हट्नु परेको थियो ।