२०८० चैत्र १५ , बिहिवार

युरोपेली यूनियनकी आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउने

सुनाखरी न्युज/ काठमाडौं । युरोपेली यूनियन (ईयू) की आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि यहि माघ २५ गते बुधबार नेपाल आउने हुनुभएको छ ।

 

ईयूको काठमाडौंस्थित राजदूतावासका अनुसार आयुक्त उर्पिलाइनेन बुधबार नेपाल भ्रमणमा आउनु हुने भएकाे हाे । ईयुका अनुसार उहाँले पोषण, शिक्षा र ग्रिन रिकभरी लगायतका एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि युरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उहाँले भ्रमणका क्रममा छलफल गर्नुहुने राजदूतावासले जनाएकाे छ ।