२०८१ बैशाख १३ , बिहिवार

दलका प्रमुख सचेतकहरुसँग राय माग्दै प्रधानमन्त्री दाहाल

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विभिन्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएको छन् ।

 

वालुवाटार स्रोतका अनुसार प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका प्रमुख सचेतकहरुसँग अहिले बिहान ९ बजे सामुहिक छलफल गर्ने भएका हुन् । ‘प्रधानमन्त्रीले संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने विषयमा छलफल गर्न लाग्नुभएको छ,’ वालुवाटार स्रोतले भन्यो ।

 

प्रधानमन्त्री प्रचण्डले संसदलाई अझ प्रभावकारी रुपमा लैजानका लागि यो बैठकको आयोजना गरेका हुन् । प्रमुख सचेतकहरुसँग प्रधानमन्त्रीले संसदलाई सशक्त रुपमा कसरी अघि लैजाने भन्ने विषयमा सुझाव लिनेछन् ।