२०८० चैत्र १६ , शुक्रवार

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Earthquake

सुनाखरी न्युज/ काठमाडौं । टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ ।

 

सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा परी कम्तीमा १० जना नागरिकको मृत्यु भएको प्रारम्भिक विवरण आएको त्यहाँका स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ । भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको बेलायती अखबार दि गार्डियनले जनाएको छ ।

 

शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् ।