२०८१ बैशाख ११ , मंगलबार

शेयर बजारमा झिनो अंकको सुधार

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकले बढेको छ । आजको कारोबार शुरु भएदेखि नै तिव्र उत्तारचढाव देखिएको नेप्से अन्ततः झिनो अंकले बढेर बन्द भएको हो ।

 

आज नेप्से १.५४ अंकले बढेर दुई हजार ९६ दशमलब ८ विन्दुमा बन्द भएको छ । कारोबार रकम दुई अर्ब समेत पुग्न सकेको छैन । आज एक अर्ब ९३ करोड १७ लाख रुपैयाँ भन्दा बढीको भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार एक सय २१ रुपैयाँ पुगेको छ र पोखरा फाइनान्सको शेयरमूल्यमा ८.४९ प्रतिशतले बढेर प्रतिकित्ता ४२५.३० रुपैयाँ पुगेको छ ।

 

आज इष्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यसको आज ६ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ ।