२०८० चैत्र १६ , शुक्रवार

राष्ट्रपति विद्यादेवी भण्डारीले हेरिन महको ‘महापुरुष’

 

सुनाखरी न्युज / काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी अभीनित ‘महापुरुष’ हेरेकी छिन । राष्ट्रपतिले फिल्म हेर्ने कार्यक्रम मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँगै कलाकारहरू गौरी मल्ल, अञ्जना बराइली र प्राविधिक टिमका सदस्यको उपस्थिति रहेको थियो । फिल्मले सामाजिक सञ्जालमा राष्ट्रपतिसँगको फोटो राख्दै फिल्म हेरेको जानकारी गराएको हो ।

 

एकल पुरुषको पुनर्विवाहको कथामा निर्माण गरिएको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई यो वर्षको सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्मको रुपमा लिइएको छ । ‘महापुरुष’अघि ‘कबड्डी ४’ र ‘प्रेमगीत ३’ले बक्स अफिसमा राम्रो पैसा कमाएका थिए ।