२०८१ बैशाख १४ , शुक्रवार

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सापकोटा

सुनाखरी न्युज/ काठमाडौँ । राजस्व अनुसन्धान विभाग महानिर्देशकमा नारायणप्रसाद सापकोटा नियुक्त भएका छन्।

 

हालका महानिर्देशक मदन दाहालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरूवा भएपछि विभाग महानिर्देशकमा सापकोटालाई नियुक्त गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार महानिर्देशकको रुपमा जिम्मेवारी दिएको हो। उनले भोलि (सोमबार) बाट विभागको कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको छ। यसअघि उनले सहसचिवको जिम्मेवारी सम्हालेका थिए।

 

यस्तै उनले यसअघि कर कार्यालय पोखरा कास्की, कृष्णनगर कर कार्यालय कञ्चनपुर, त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत साथै साढे २ वर्ष अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन्।