२०८० चैत्र १५ , बिहिवार

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेद्वारी नदिने, माओवादीलाई समर्थन

सुनाखरी न्युज/ काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आफ्नो पार्टीबाट उम्मेदवारी नदिने निर्णय गरेको छ ।

 

कांग्रेसले आफू उम्मेदवारी नदिने र नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई नै समर्थन गर्ने निर्णय गरेको हो । सत्ता साझेदार दलहरुबीचको सहमति अनुसार राष्ट्रिय सभा उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको थियो । कांग्रेसले उम्मेदवार नउठाउने भएपछि माओवादी उम्मेदवार अर्याल सर्वसम्मत हुने सम्भावना बढेको छ ।

 

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत समेत दिएर राष्ट्रपति पद आफूले पाउन कोसिस गरिरहेको छ । उसले बाग्मती प्रदेशमा पनि माओवादीबाट बनेका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई समेत विश्वासको मत दिएको थियो ।