२०८० चैत्र १५ , बिहिवार

एकैदिन तोलामा रु. २ हजारले घट्यो सुन

सुनाखरी न्युज/ काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ भारी गिरावट आएको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले ओरालो लागेको हो। यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो।

यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।