२०८० चैत्र १५ , बिहिवार

बालिका भारतमा बेचेको आरोपमा ६ जना पक्राउ

सुनाखरी न्युज /  काठमाडौं  – १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंसिर १७ मा मामाघरबाट हराएकी ती किशोरीलाई माघ १७ मा भारतको नयाँ दिल्लीबाट उद्दार गरिएको मानव बेचविखन ब्यूरोका एसपी दानबहादुर मल्लले बताए ।

रजस्वला नभएकी, शरीरमा कुनै चोटपटक नलागेकी बालिकाबारे बाबा खुसी भएपछि अथाह पैसा पाइने भन्दै एक गिरोहले नेपालकी एक बालिकालाई अपहरणशैलीमा भारतको दिल्ली पुर्‍याएको खुलेको छ । १६ वर्षीया बालिकाका आफन्तले बालिका हराएको भन्दै प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा उनलाई भारतको दिल्लीबाट उद्धार गरेको छ । ती बालिकालाई बिहीबार राति भारतीय विमानमार्फत काठमाडौं ल्याएर एक संस्थाको जिम्मामा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले माघ १९ मा ती किशोरीलाई एयर इन्डियाको उठान नम्बर एआई– २१३ मार्फत काठमाडौं ल्याएको थियो ।

 

सुनौली हुँदै गाडीमा राखेर नयाँदिल्ली र पहाडगञ्जमा लगेर आरोपीहरुले किशोरीलाई बन्धक बनाएको आरोप छ । तान्त्रिक बाबाको माग अनुसार ५ फिट ४ इन्च अग्ली र रजस्वला नभएकी किशोरीलाई आरोपीहरुले भारत लगेको अनुसन्धानबाट थाहा भएको छ । ‘तान्त्रिक बाबा एक गिरोहले ती बालिकालाई भारतका विभिन्न ठाउँमा तीन जना बाबाहरूसँग भेटसमेत गराएको प्रहरीले जनाएको छ । प्रहरीले बालिकाको उद्धार गर्नुका साथै सो प्रकरणमा संलग्न ६ जनालाई पक्राउ पनि गरेको छ । प्रहरीले पक्राउ परेकाहरूको पहिचान गोप्य राखेको छ ।

 

१७ मंसिरमा आफ्नो मामाघरबाट सम्पर्कविहीन भएकी ती बालिकाको खोजीका लागि भन्दै आफन्तले पुस ६ मा स्थानीय प्रहरी कार्यालयमा निवेदन दिएका थिए । स्थानीय प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्युरोमा खबर गरेको थियो।खुसी भएमा अथाह पैसा आउने कुरा बालिकालाई भनेको थाहा भएको छ’ एसपी मल्ल भन्छन्– ‘किशोरीलाई भारतका विभिन्न तान्त्रिक बाबा समक्ष लगेको देखिन्छ ।’