२०८१ बैशाख ८ , शनिवार

नेता घनश्याम भुसालले चलाएको गाडी दुर्घटनामा

 

सुनाखरी न्युज / काठमाडौं– पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल काठमाडौंको वानेश्वरमा सडक दुर्घटनामा परेका छन । शुक्रबार दिउँसो १२ः१५ बजेको समयमा नेता भुसालले चलाएको गाडी नयाँ बानेश्वरस्थित सडकको डिभाइडरमा ठोक्किएको हो ।

 

गाडी ठोक्किएपछि नेता भुसाल केही क्षण बेहोस भएका थिए । अहिले उनको वानेश्वरकै सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ । भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको हो । गाडीको अगाडिको भागमा सामान्य क्षति भएको छ ।

 

समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीका अनुसार चालकलाई छेउको सीटमा राखेर आफैँ गाडी चलाएर पार्टी कार्यालयतर्फ गइरहेका बेला नयाँ बानेश्वर चोकमा अचानक बेहोस भएका हुन । सुवेदीका अनुसार गाडी भित्तामा ठोक्किँदा चालक सामान्य घाइते भएका छन ।