२०८१ बैशाख १५ , शनिवार

जरायो मारेको आरोपमा कांग्रेस र स्वतन्त्र सांसदविरुद्ध मुद्दा दायर

सुनाखरी न्युज / काठमाडौं – वन्यजन्तुको अवैध चोरी शिकारीमा संलग्न रहेको ठहर गर्दै पर्सा राष्ट्रिय निकुञ्जले दुईजना प्रदेश सांसदसहित ४७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।४५ दिनको अनुसन्धान पछि सो प्रकरणमा निकुञ्जले प्रदेश सासंदहरु प्रमोद जैसवाल र श्याम बहादुर खड्का सहित ४९ जना विरुद्ध मुदा दर्ता गरिएको पर्सा रास्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खडकाले जानकारी दिए। निकुञ्ज कार्यालयले काठमाडौं ५ ९२० बाट निर्वाचित नेपाली कांग्रेसका सांसद श्यामकुमार खड्का र पर्सा ३ ९१० बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जयसवालविरुद्ध मुद्दा दायर गरेको हो ।

 

उनीहरुमाथिको कसूर प्रमाणित भएमा ५० हजार  र १ वर्षसम्म कैद जरिबाना हुनेछ । सांसद खड्काको नाममा दर्ता रहेको बन्दूक प्रयोग गरेर निकुञ्जमा संरक्षित जरायो मारिएको थियो । पुस पहिलो साता भएको सो घटनामा संल्गन रहेको भन्दै सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालविरुद्ध पनि मुद्दा दायर भएको छ ।

 

पुस पहिलो साता निकुञ्जको टोलीले पर्सा मधेस प्रदेश सांसद प्रमोदकुमार जयसवालको सखुवा प्रसौनी(१ स्थित घरमा ५ जनाबाट मारिएका दुई जरायो, दुई गाडी, हतियार र गोली, नगदलगायत बरामद गरेको थियो । घटनामा सांसद जयसवालका दाजु सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल पनि तानिएका हुन् ।

 

जरायो मार्न प्रयोग भएको बन्दुक सांसद खड्काको नाममा रहेको खुलेको छ । सखुवा प्रसौनी(१ मा खड्काको माछापोखरी छ । निकुञ्जको टोलीले पक्राउ परेका झापस दास थारू, नवराज बस्नेत, विशाल सहनी, दामोदर अधिकारी र म्लाङ दोङ तामाङविरुद्ध पनि मुद्दा दायर भएको छ ।उनीहरूको साथबाट टोलीले मृत अवस्थामा रहेको जरायो र जरायोको सिङ, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद भएको थियो।