२०८१ बैशाख ७ , शुक्रवार

कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु

सुनाखरी न्युज / सुर्खेत कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका–११ बडालकोटका ४१ वर्षीया नवराज शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

शाही सान्नित्रिवेणि गाउपालिका–२ रकुतर्फ बाख्रा किन्न भनेर जाँदै गर्दा लडेका हुन् । शाही सान्नित्रिवेणी गाउँपालिका स्थित ढल्ने भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा २ जनाको टोली खटिएको छ ।