२०८१ बैशाख ७ , शुक्रवार

मर्जर प्रक्रियामा रहेका सानिमा लाइफ र रिलायन्स लाइफको साधारणसभा आह्वान

सुनाखरी न्युज/ काठमाडौं । मर्जर प्रक्रियामा रहेका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७७/७८ को साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले फागुन १२ गते साधारणसभा आह्वान गरेका हुन् ।

 

सानिमा लाइफको साधारणसभा धुम्बाराही स्थित कुण्डलिनी दरबार ब्यानक्वेटमा हुने छ भने रिलायन्स लाइफको साधारणसभा नक्साल स्थित लिसारा रिसेप्सनमा हुने छ। वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन पारित गर्ने साधारण प्रस्ताव बाहेक साधारणसभामा मर्जर सम्बन्धि विशेष प्रस्ताव पेश हुने छ।

 

सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड बन्न लागेको हो। यी दुई संस्था १:१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । साधारणसभामा मर्जर सम्बन्धि हालसम्म भएका काम कारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रसताव पेश हुने छन् ।

 

साधारणसभा प्रयोजनको लागि दुवै कम्पनीले माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । माघ २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । दुवै कम्पनीले लाभांश प्रस्ताव गरेका छैनन् ।