२०८१ बैशाख ८ , शनिवार

भिभोका चारवटा स्मार्टफोनहरु – भी२३ई, वाई५३एस, वाई२०एस र वाई१५सी को मुल्य घट्यो

सुनाखरी न्युज/ काठमाडौं । भिभो, एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्डले आफ्नो भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरु – भी२३ई (१२८जीवीर २५६ जीवी), वाई५३एस, वाई२०एस, र वाई१५सीको मूल्य भारी मात्राले घटाएको छ । यो नयाँ मूल्य १ फेब्रुअरी २०२३ देखि २८ फेब्रुअरी२०२३ सम्म नेपालका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछ।

 

यी स्मार्टफोनको नयाँ मूल्य सूची यस प्रकार छन् :
मोडल पूरानो मुल्य नयाँ मुल्य
भी२३ ई (८ +१२८ जीवी) रु ४१,९९९ रु ३६,९९९
भी२३ ई (८ +२५६ जीवी) रु ४६,९९९ रु ४१,९९९
वाई५३ एस (८ +१२८ जीवी) रु ३४,९९९ रु ३०,९९९
वाई२०एस (४ +१२८ जीवी) रु २५,४९९ रु २३,४९९
वाई१५सी (३ +३२ जीवी) रु १७,९९९ रु १४,९९९

 

भिभो नेपालका सीईओ माइकलले भन्नुभयोः “भिभोमा, हामी हाम्रा उपभोक्ताहरूको जीवन सुधार गर्न र हाम्रा उत्पादनहरूमा उनीहरूको पहुँच बढाउन निरन्तर लागि परेका छौं । हामी भिभो स्मार्टफोनकोमुल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौं । दुबै भी र वाई सिरिजका स्मार्टफोनहरूकिफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्नेप्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।”

 

भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइलपोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । यसमा ८जीवी र्याम छ र रोममा दुई विकल्पहरू–१२८जीवी र २५६जीवी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ। यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र४४ वाट फ्ल्यासचार्ज छ ।यसमा फेनटच ओएस१२ छ । वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपीबोकेहपोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ। यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ ।

 

निर्बाध मनोरञ्जन अनुभव सुनिश्चित गर्दै, वाई१५सी मा ६.५१ इन्चको हलो फूलभ्यू डिस्प्लेछ र यसमा आई प्रोटेक्शन, विशाल ५००० एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरालगायत उल्लेखनीय विशेषताहरु समावेश छन् । वाई२० एस मा ४जीवी र्याम र १२८ जीवी रोम रहेको छ जुन वाई२० को प्रतिकृति हो । यसमा ८एमपी फ्रन्ट–फेसिङ क्यामेरा र १३एमपी ब्याक क्यामेरा रहेको छ र पर्फमेन्शका लागि स्न्यापड्रेगन ४६० प्रोसेसर र एड्रिनो ६१० जीपीयू मा आधारित छ। यसमा ५००० एमएएच ब्याट्री छ र १८ वाट चार्जिंग रहेको छ ।