२०८१ बैशाख ६ , बिहिवार

रोकिएन शेयर बजारको गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । बुधबार सामान्य अंकले सुधार देखिएको बजार आज फेरी घटेको हो ।

 

बिहिबार २२.१२ विन्दुले बजार घटेर नेप्से इण्डेक्ड दुई हजार ९४ दशमलब ५४ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.९७ विन्दुले बजार बढेर नेप्से इण्डेक्ड दुई हजार एक सय १६ दशमलब ६५ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ९ करोड ६४ लाख बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ७६ करोड ७० लाख बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ९ सय २८ दशमलव ९० रुपैयाँ पुगेको छ ।

 

आज सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स र रिडी पावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको भएको छ । यसको आज १० करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ ।