२०८१ बैशाख १२ , बुधवार

विन्ध्यवासिनीमा जुनियर स्पोर्टस मिट सम्पन्न

शिशिर पौडेल / पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा विमा जुनियर तर्फको स्पोर्टस मिट विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ।

 

कक्षा शिसु देखि पाँच कक्षासम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको स्पोर्टस मिटमा घैंटो फुटाउने, मिठाई दौड, म्युजिकल चियर,बेलुन फुटाई,रिले दौड, स्याकरेस,इन आउट, चम्चा दौड, बेलुन डान्स, तातो आलु, फुटबल स्कोरर लगायतका कार्यक्रम सम्पन्न भएको जुनियर सेक्सनका ईन्चार्ज गोविन्द शर्माले जानकारी दिनुभयो।

 

शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरि दुई दिनसम्म संचालन गरिएको कार्यक्रममा अधिकांश विद्यार्थीले सहभागिता जनाएका थिए। उत्कृष्ट विद्यार्थीलाई विशेष कार्यक्रमका विच मेडल र प्रमाणपत्र वितरण गरिने कार्यक्रम संयोजक खेल शिक्षक ज्ञानेन्द्र जैसीले बताउनुभयो।

विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागी स्पोर्टस मिट अत्यन्तै फलदायी भएको बताइएको छ।